मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

मङ्गलबार, २० माघ २०८२, १४ : २६
मङ्गलबार, २० माघ २०८२

सारांश

  • दमौलीस्थित एकीकृत सेवा कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन्।
  • गत साउनदेखि पुस मसान्तसम्म १८० उद्योग, १५३ वाणिज्य फर्म र २ पर्यटन फर्म दर्ता भएका छन्।
  • कार्यालयले ४६ लाख ७ हजार ४०० राजस्व सङ्कलन गरेको छ, भने उद्योगतर्फ १,०२३ र वाणिज्यतर्फ ९८८ नवीकरण भएका छन्।

तनहुँ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् ।

उक्त अवधिमा रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, “उद्योगतर्फ एक हजार २३ नवीकरण र वाणिज्यतर्फ ९८८ नवीकरण भएका छन् ।”

त्यसैगरी, उद्योगतर्फ एक १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छभने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप