अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने
काठमाडाैँ । अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो ।
सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि डेमोक्रेटिक आक्रोश बढ्दा गृह मन्त्रालयका लागि नयाँ कोषको विषय अझ जटिल बनेको थियो ।
यसअघि सिनेटले सेप्टेम्बरसम्म अधिकांश सङ्घीय एजेन्सी सञ्चालनका लागि अझै पास हुन बाँकी रहेका पाँचवटा कोष विधेयक पारित गरेको थियो । साथै अध्यागमन नीतिमा थप छलफल गर्न डिएचएस सञ्चालनका लागि दुई हप्ताको अस्थायी उपाय पनि स्वीकृत गरिएको थियो ।
सरकारी कामकाज ठप्पले गैर–आवश्यक सङ्घीय सेवाका लागि कोष रोक्का हुने, सेवाहरू बन्द हुने र कर्मचारीहरू बेतलबी बिदामा बस्नुपर्ने अवस्था सिर्जना गर्दछ ।
अध्यागमन प्रवर्तनका विषयमा केही सांसदले असन्तुष्टि जनाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयक तत्काल पारित गर्न दबाब दिँदै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिले कानूनमा परिवर्तन सम्भव नभएको भन्दै शीघ्र अनुमोदनको आह्वान गरेका थिए ।
डेमोक्रेटहरूले खर्च विधेयक पारित हुनु अघि अध्यागमन एजेन्टहरूको कार्यशैलीमा सुधारको माग गरेका छन् । गत महिना मिनियापोलिसमा दुई नागरिकको मृत्यु भएपछि यस विषयमा राष्ट्रिय स्तरमै आलोचना चर्किएको थियो ।
यसै सन्दर्भमा गृहमन्त्री क्रिस्टी नोमले सङ्घीय एजेन्टहरूले तत्काल शरीर क्यामेरा प्रयोग गर्ने घोषणा गरेका छन्, जसलाई पछि देशभर विस्तार गरिने बताइएको छ ।
राजनीतिक रूपमा संवेदनशील वार्ताकाबिच सदनका सभामुख माइक जोनसनले सम्झौता नजिक पुगेको विश्वास व्यक्त गरेका छन् । तर रिपब्लिकन पक्षको साँघुरो बहुमतका कारण खर्च विधेयक पारित गर्न डेमोक्रेटिक मतमा भर पर्नुपर्ने सम्भावना पनि देखिएको छ ।
यदि सदनले सिनेटको सम्झौता अनुमोदन गरेमा सांसदहरूसँग डिएचएसको पूर्ण वर्षको कोष विधेयकमा सहमति जुटाउन दुई हप्ता मात्र समय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण