काठमाडौँमा रेभा युनिभर्सिटीको एल्मुनाई सम्मेलन
काठमाडौँ । भारतको रेभा युनिभर्सिटीका पूर्वविद्यार्थीहरुको सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
युनिभर्सिटीका कुलपति डा. पी श्यामा राजु तथा रजिस्ट्रार डा. एम धनञ्जयको सहभागितामा ‘ग्रान्ड एलुम्नाइ मिट–नेपाल च्याप्टर २०२६’ कार्यक्रम आयोजना गरिएको हो ।
नेपालमा रहेका रेभा युनिभर्सिटीका पूर्व विद्यार्थीहरूबिच आपसी सम्बन्ध सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने तथा सहकार्य विस्तार गर्ने लगायतका उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक राजेश बस्यालले जानकारी दिए ।
विश्वविद्यालयका कुलपति राजुले गुणस्तरीयता र व्यवसायिकता आफ्नो मुख्य प्राथमिकतामा रहेको बताए ।
त्यस्तै, रजिष्ट्रार धनञ्जयले विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका विद्यार्थीले नेपालका विभिन्न निकाय तथा संस्थाहरूमा ठुला जिम्मेवारी लिएर राम्रो काम गरेको थाहा पाउँदा अत्यन्त हर्षित भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण