मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्रीसमा आप्रवासी बोकेको स्पीडबोट तटरक्षक जहाजसँग ठोक्किँदा १४ जनाको मृत्यु

बुधबार, २१ माघ २०८२, ०९ : १३
बुधबार, २१ माघ २०८२

सारांश

  • चियोस टापु नजिकै आप्रवासी बोकेको स्पीडबोट दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
  • ग्रीसको तटरक्षक जहाजसँग ठोक्किएपछि दुर्घटना भएको हो, जसमा २४ जनालाई जीवितै उद्धार गरिएको छ।
  • घटनास्थलमा व्यापक खोज तथा उद्धार जारी छ, हराइरहेका व्यक्तिको खोजी कार्य भइरहेको छ।

एथेन्स । ग्रीसको चियोस टापु नजिकै आप्रवासी बोकेको एउटा स्पीडबोट ग्रीसको तटरक्षक जहाजसँग ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटना गएराति चियोस जलडमरूमध्यको भ्रोन्तादेस गाउँ नजिक भएको ग्रीक अधिकारीहरूले बताएका छन् ।

ग्रीक तटरक्षकका अनुसार, स्पीडबोट जोखिमपूर्ण र असामान्य चालमा थियो । त्यसलाई पछ्याइरहेका बेला ठक्कर भएको हो । दुर्घटना कसरी भयो भन्ने यकिन विवरण भने अझै सार्वजनिक गरिएको छैन ।

घटनापछि व्यापक खोज तथा उद्धार अभियान सुरु गरिएको छ । उद्धारमा चार वटा तटरक्षक जहाज, निजी डाइभिङ डुंगा र एक हेलिकप्टर परिचालन गरिएको छ । हालसम्म २४ जनालाई जीवितै उद्धार गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । अझै केही व्यक्ति हराइरहेको आशंका गरिएको छ ।

ग्रीक सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये सात जना बालबालिका, एक गर्भवती महिला र दुई तटरक्षक अधिकारी रहेका छन् । प्रारम्भमा चार जनाको मृत्यु पुष्टि भएको थियो । तर स्थानीय समयअनुसार राति ११ बजे अरु १० शव फेला परेपछि मृत्यु संख्या १४ पुगेको हो । ग्रीस पूर्वी भूमध्यसागर हुँदै युरोप छिर्न खोज्ने आप्रवासीहरूको प्रमुख मार्ग मानिन्छ । विगतमा पनि यस्ता दुर्घटना कयौँ पटक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप