कांग्रेस मुख्य सचिवको राजीनामा स्वीकृत, दुलाललाई कार्यवाहकको जिम्मेवारी
बुधबार, २१ माघ २०८२, १६ : ३८
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत भएको छ । उनले गत माघ ८ गते दिएको राजीनामा सभापति गगन थापाले बुधबार स्वीकृत गरेका हुन् ।
उनको राजीनामा स्वीकृत भएसँगै केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकिएको छ ।
‘सभापतिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको का.वा. मुख्य सचिवको जिम्मेवारी तोक्नु भएको छ’, सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण