बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
काउन्टडाउन टू वर्ल्डकप

भारतलाई हराएर एकमात्र उपाधि, १० वर्षयता खस्कियो खेल

बुधबार, २१ माघ २०८२, १८ : ३०
बुधबार, २१ माघ २०८२

सारांश

  • श्रीलंकाले टी-२० विश्वकपमा राम्रो प्रदर्शन गरेको छ, तर पछिल्ला वर्षहरूमा टोलीको प्रदर्शन खस्किएको छ।
  • श्रीलंकाले सन् २०१४ मा टी-२० विश्वकप जितेको थियो, तर पछिल्लो समयमा टोलीले निरन्तर खराब प्रदर्शन गर्दै आएको छ।
  • सन् २०२४ को विश्वकपमा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो, र टोलीले लगातार चौथो पटक नकआउट चरणमा स्थान बनाउन असफल भयो।
00:00 / NaN:NaN
Audio By AI

सन् २००० र २०१० को दशकमा श्रीलंका कुनै पनि ठूला विश्व प्रतियोगितामा प्रवेश गर्दा मनपर्ने टोलीमध्ये एक थियो । तर पछिल्ला केही वर्षमा टोलीको प्रदर्शन खस्किएको छ ।

टी–२० विश्वकपमा श्रीलंकाले एक बलियो टोलीको रूपमा आफूलाई स्थापित गरेको छ र एक पटक उपाधि पनि जितेको छ ।

सन् २०२६ को विश्वकप आयोजकका रूपमा रहेको श्रीलंकाले यो पटक पनि उपाधि जित्ने लक्ष्य बनाएको छ । जसमा टिमको आफ्नो प्रदर्शनलाई सुधार गर्दै घरेलु मैदानको साथ उसलाई छ । 

टी–२० विश्वकपमा श्रीलंकाको प्रदर्शन

  • टी–२० विश्वकप २००७, दक्षिण अफ्रिकाः सुपर ८ बाटै बाहिर

प्रतियोगिताको पहिलो संस्करणमा श्रीलंकालाई उपाधि जित्ने दाबेदार मानिएको थियो । तर, टोली सुपर ८ बाटै बाहिरियो । समूह चरणमा न्युजिल्यान्ड र केन्यालाई हराएर सुपर ८ मा पुगेको श्रीलंकाले पाकिस्तान र अस्ट्रेलियासँग हार बेहोर्यो । बंगलादेशलाई हराए पनि टोली सुपर ८ को समूह ‘बी’ मा तेस्रो भयो । 

AustraliavSriLankaICCTwenty20WorldCup4T_-nrRLv9fx

  • टी–२० विश्वकप २००९, इंग्ल्यान्डः उपविजेता

टी२० विश्वकपको दोस्रो संस्करणमा श्रीलंकाले राम्रो प्रदर्शन गर्‍यो । वेस्ट इन्डिज र अस्ट्रेलियासँगै ‘ग्रुप अफ डेथ’ मा परे पनि दुई खेल जितेर शीर्ष स्थानमा पुग्यो । सुपर ८ मा पनि श्रीलंकाले पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्डलाई पछि पार्दै समूहमा शीर्ष स्थानमा रह्यो । सेमिफाइनलमा वेस्ट इन्डिजलाई हराउँदै फाइनलमा पुगेको श्रीलंका पाकिस्तानसँग पराजित भयो । 

  • टी–२० विश्वकप २०१०, वेस्ट इन्डिजः सेमिफाइनल

वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा श्रीलंकाको प्रदर्शन राम्रो भए पनि उपाधि जित्न सकेन । समूह चरणमा न्युजिल्यान्डसँग पराजित भए पनि केन्यालाई हराएर सुपर ८ मा पुग्यो । सुपर ८ मा भारत र वेस्ट इन्डिजलाई हरायो तर अस्ट्रेलियासँग पराजित भयो । सेमिफाइनलमा इंग्ल्यान्डसँग श्रीलंका पराजित भयो । 

328626

  • टी–२० विश्वकप २०१२, श्रीलंकाः उपविजेता

श्रीलंकाले पहिलो पटक टी–२० विश्वकप आयोजना गर्ने मौका पाएको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा श्रीलंकाले जिम्बावेलाई हराएर समूह चरण पार गर्‍यो । सुपर ८ मा सबै तीन खेल जितेर सेमिफाइनलमा पाकिस्तानलाई हरायो । तर फाइनलमा वेस्ट इन्डिजसँग पराजित भयो । 

  • टी–२० विश्वकप २०१४, बंगलादेशः च्याम्पियन

बंगलादेशमा भएको टी–२० विश्वकपमा श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा वेस्ट इन्डिजलाई हरायो र फाइनलमा भारतलाई हराएर पहिलो टी–२० विश्वकप जित्यो ।

237205

  • टी–२० विश्वकप २०१६, भारतः सुपर १० बाट बाहिरियो

साविक विजेता श्रीलंका २०१६ को टी–२० विश्वकपमा उपाधि रक्षा गर्ने लक्ष्यका साथ प्रवेश गरेको थियो। तर टोलीले समूह चरणमा एउटा मात्र खेल जित्यो र प्रतियोगिताबाट बाहिरियो । 

  • टी–२० विश्वकप २०२१, यूएई/भारतः सुपर १२ बाट बाहिरियो

श्रीलंकाले छनोट चरण पार गरेर दोस्रो चरणमा पुग्यो । तर, दोस्रो चरणमा वेस्ट इन्डिज र बंगलादेशलाई हराए पनि टोली सुपर १२ बाट बाहिरियो । 

sri-lanka-celebrate-namibia-1634635361

  • टी–२० विश्वकप २०२२, अस्ट्रेलियाः सुपर १२ बाट बाहिरियो

अस्ट्रेलियामा भएको टी२० विश्वकपमा श्रीलंकाले छनोट चरण पार गरेर दोस्रो चरणमा पुग्यो। तर, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसँगको हारले टोलीको यात्रा सुपर १२ मै टुङ्गियो ।

  • टी–२० विश्वकप २०२४ः समूह चरणबाटै बाहिरियो

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप २०२४ मा श्रीलंकाको यात्रा समूह चरणमै टुङ्गियो । समूह ‘डी’ मा रहेको श्रीलंकाले पहिलो दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशसँग हार बेहोर्यो। नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि श्रीलंकाको अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बन्यो । नेदरल्यान्ड्सलाई हराए पनि टोली सुपर–८ मा पुग्न असफल रह्यो। सन् २०१४ को च्याम्पियन श्रीलंका लगातार चौथो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप