गोरखाका दुवै क्षेत्रमा ‘आँखा’बिनाको मतपत्र
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ गोरखाका दुवै क्षेत्रको मतपत्र सार्वजनिक गरेको छ ।
गोरखा क्षेत्र नम्बर १ को मतपत्रमा स्वतन्त्रसहित १२ उम्मेदवारको चुनाव चिह्न रहेको छ भने क्षेत्र नम्बर २ मा १२ उम्मेदवारको चिह्न रहेको छ ।
गोरखाको दुवै क्षेत्रमा यसअघि प्रलोपाले उम्मेदवारी दिएको थियो ।
गोरखा–१ मा प्रलोपाबाट गोपालबाबु श्रेष्ठ र क्षेत्र नम्बर २ मा डा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । तर, दुवै जनाले आ–आफ्नो उम्मेदवारी फिर्ता गरेसँगै आयोगले उक्त दलको आँखा चिह्नबाहेककै मतपत्र सार्वजनिक गरेको हो ।

गोरखा १ मा एमालेबाट रामचन्द्र लामिछाने, कांग्रेसबाट प्रेम कुमार खत्री, नेकपाबाट हरिराज अधिकारी, रास्वपाबाट सुदन गुरुङलगायतको उम्मेदवारी छ ।
यस्तै क्षेत्र नम्बर २ मा एमालेबाट मिलन गुरुङ, कांग्रेसबाट प्रकाश चन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, रास्वपाबाट कविन्द्र बुर्लाकोटी लगायतको उम्मेदवारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण