मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

काभ्रेको पाँचखालमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बुधबार, २१ माघ २०८२, १९ : ५५
बुधबार, २१ माघ २०८२

काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित लामिडाँडामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

अरनिको राजमार्गमा बसले ठक्कर दिँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भएका २६ वर्षीय सुशील आले मगरको मृत्यु भएको काभ्रेका एसपी कोमल शाहले रातोपाटीलाई बताए । 

बुधवार दिउँसो आले धुलिखेलबाट दोललाघाटतर्फ जाँदै गरेको बा।प्र–०२–०३० प ८०१३ नम्बरको मोटरसाइकलमा सवार थिए । उनले चलाएको मोटरसाइकललाई बाह्रबिसेबाट काठमाडौँ आउँदै गरेको बा.३ ख ८४३ नम्बरको बसले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई धुलिखेल अस्पतालका चिकित्सकहरूले मृत घोषणा गरेका हुन् । 

दुर्घटनामा संलग्न बस चालक पक्राउ गरिएको एसपी शाहले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप