शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : बालेनकाे वेगदेखि सेना परिचालनसम्म

बुधबार, २१ माघ २०८२, २२ : ००
बुधबार, २१ माघ २०८२

आज २०८२ माघ २१ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवारहरूको सक्रियता बढ्न थालेको छ । 

  • बालेनको वेग

ती स्थानहरूमा बालेन आउने हल्लासँगै समर्थकहरूको भिड लागेको थियो । बालेन पुगेका अधिकांश स्थानमा भिड देखिन्थ्यो । 

  • निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् । 

  •  अदालत/प्रशासन

सर्वोच्च अदालतले लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ता र कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारी र तुलसीराम बुढामगरसहितको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएकाहरूलाई पेसीको सूचना दिन आदेश जारी गरेको छ ।

सन् २००० र २०१० को दशकमा श्रीलंका कुनै पनि ठूला विश्व प्रतियोगितामा प्रवेश गर्दा मनपर्ने टोलीमध्ये एक थियो । तर पछिल्ला केही वर्षमा टोलीको प्रदर्शन खस्किएको छ ।

याे पनि 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप