सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन

अर्थ मन्त्रालयको स्वीकृतिबिनै १० वर्षलाई पुग्ने रकम अग्रिम निकासा
बुधबार, २१ माघ २०८२, १४ : ३८
बुधबार, २१ माघ २०८२

सारांश

  • शहरी विकास मन्त्रालयले ४२ जना सहिद परिवारलाई मासिक २१,८०० रुपैयाँ पेन्सन दिने निर्णय गरेको छ।
  • भदौ २३ र २४ गतेको आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई पेन्सन उपलब्ध गराइनेछ।
  • यो रकम पुनर्निर्माण कोषबाट १० वर्षका लागि निकासा गरिनेछ, जसमा ११ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च हुनेछ।

काठमाडौँ । सहरी विकास मन्त्रालयले ४२ जेनजी सहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।

आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । त्यस क्रममा जेलबाट भागेका बाहेकका व्यक्तिलाई सहिद घोषणाको निर्णय गरिएको थियो । त्यसरी सहिद हुनेमा तीन जना प्रहरी समेत थिए ।

अहिले प्रहरी बाहेक ४२ जनालाई सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम निकासा गरिएको हो । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ ।

‘उहाँहरूलाई मासिक २१ हजार ८०० र वर्षमा १३ महिनाका दरले १० वर्षको ११ करोड ९० लाख २८ हजार रुपैयाँ लाग्छ । यो रकम रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ,’ रेग्मीले भने ।

उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको थियो । तर, अहिले मन्त्रालयको स्वीकृति बिना नै मन्त्रालयले पुनर्निर्माण कोषबाट रकम निकासा दिएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले राहतका लागि कुनै पनि फाइल अर्थ मन्त्रालयले स्वीकृत नगरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप