बालेन शाह र केपी ओलीबिच प्रतिस्पर्धा हुने झापा–५ मा यस्तो हुनेछ मतपत्र (नमुनासहित)
सारांश
- झापा निर्वाचन क्षेत्र नम्बर ५ मा बालेन शाह र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुनेछ।
- निर्वाचन क्षेत्रमा २२ जना अन्य उम्मेदवारहरू पनि छन्।
- निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ प्रति देशव्यापी चासो छ ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र (बालेन) शाह र एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ ।
बालेन र ओलीबिचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । यी दुईका अतिरिक्त यो निर्वाचन क्षेत्रमा अन्य २२ जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको वास्तविक मतपतको नमुना सार्वजनिक गरेको छ । जसअनुसार एमालेको चुनाव चिह्न ‘सूर्य’ सबैभन्दा अगाडि छ भने पहिलो लहरमा (दायाँतर्फ) क्रमशः नेपाली कांग्रेसको ‘रुख’, नेपाली कम्युनिस्ट पार्टीको (पाँचकुने तारा), रास्वपाको ‘घण्टी’ र राप्रपाको ‘हलो’ छ ।
यहाँ नेपाली कांग्रेसबाट मंधरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीबाट रन्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा, जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार छन् ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीबाट पदम बहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राई, श्रम संस्कृति पार्टीबाट समिर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट संजय राई, राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली, पिपुल फर्स्ट पार्टीबाट धर्मराज गुरागाईं उम्मेदवार छन् ।
यस क्षेत्रमा पुस्कर खतिवडा, प्रकाश नेपाल, खेमनाथ शिवाकोटी, डम्वर शाहुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
हेर्नुहोस् नमूना मतपत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण