नेकपाको चुनाव चिह्नविना यस्तो देखिन्छ बाग्लुङ–१ को मतपत्र (नमुनासहित)
सारांश
- बाग्लुङ क्षेत्र नम्बर १ मा नेकपाले उम्मेदवारी दिएको छैन, जहाँ अन्य दलका उम्मेदवारहरू छन्।
- नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाएको कारणले बाग्लुङ-१ मा उम्मेदवार नदिएको हो।
- निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गर्दा बाग्लुङ-१ को मतपत्रमा नेकपाको चुनाव चिह्न समावेश छैन।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये बाग्लुङ क्षेत्र नम्बर १ यस्तो निर्वाचन क्षेत्र हो, जहाँ नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारी दिएको छैन ।
साविकको माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत विभिन्न साना दलसँग एकता गरी बनेको नेपाली कम्युनिस्ट पार्टी यस पटक नयाँ चुनाव चिह्नसहित निर्वाचनमा सहभागी हुँदैछ । पाँच कुने तारा चुनाव चिह्न रहेको यो पार्टीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए पनि बाग्लुङ–१ मा भने उम्मेदवारी दिएको छैन ।
बाग्लुङ–१ मा नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय जनमोर्चालाई सघाएको छ । सोही कारण नेकपाले आफ्नो उम्मेदवार खडा नगरेको हो ।
यो निर्वाचन क्षेत्रमा ११ जना उम्मेदवार छन् । यहाँ नेकपा एमालेबाट हिराबहादुर खत्री, नेपाली कांग्रेसबाट भिमबहादुर श्रीस राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण आचार्य, राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटा उम्मेदवार छन् ।
यस्तै, मंगोल नेशनल अर्गनाइजेसनबाट गुमा कुमारी बुढा रानामगर, नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, नेशनल रिपब्लिक नेपाल पार्टीबाट सहवीर थापा, श्रम संस्कृति पार्टीबाट लालबहादुर घर्ती, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट टेकबहादुर केसी उम्मेदवार छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । बाग्लुङ–१ को मतपत्र नेकपाको चुनाव चिह्न समावेश नभएको एकमात्र मतपत्र हो ।
यस्तो छ बाग्लुङ–१ को मतपत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण