९ निर्माण व्यवसायी कालोसूचीमा (सूचीसहित)
बिहीबार, २२ माघ २०८२, ०७ : ४२
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।
विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम यो कारबाही गरेको हो।
कालोसूचीमा पर्नेहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा. लि., श्रीओम अटो ल्युब प्रा. लि., आर्कटिक कन्स्ट्रक्सन प्रा. लि., ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रा. लि, अग्रिम-लङभिजन-धनलक्ष्मी जे.भी. लगायत रहेका छन् ।
कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण