रास्वपा महाधिवेशन
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
शुक्रबार, १२ असार २०८३, ०० : ३०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।
- खुल्लातर्फ डा. स्वर्णिम वाग्लेले सर्वाधिक २६०७ मत प्राप्त गरी पहिलो स्थानमा छन् भने सोविता गौतम २५९४ मतसहित दोस्रो र शिशिर खनाल २४९५ मतसहित तेस्रो स्थानमा छन् ।
- खुल्ला प्रतिस्पर्धाबाट ३२ जना उम्मेदवार केन्द्रीय सदस्यमा विजयी बन्ने प्रावधान रहेकोमा प्रवासतर्फको मत जोड्न बाँकी छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार राति विद्युतीय मतदान मेसिनबाट भएको मतदानको परिणाम सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार खुल्लातर्फ डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६०७ मत ल्याएर पहिलो स्थान कायम गरेका हुन् । दोस्रो स्थानमा सोविता गौतम छिन्, उनले २५९४ मत प्राप्त गरेकी छन् । यस्तै शिशिर खनाल २४९५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार खुल्ला प्रतिस्पर्धाबाट ३२ जना उम्मेदवार केन्द्रीय सदस्यमा विजयी बन्ने प्रावधान छ । हाल सार्वजनिक गरिएको मतपरिणाममा प्रवासतर्फको मत जोड्न बाँकी रहेको आयोगले जनाएको छ ।
हेर्नुहाेस् सूची
- डा. स्वर्णिम वाग्ले– २६०७
- सोविता गौतम– २५९४
- शिशिर खनाल– २४९५
- सागर ढकाल– २३३३
- तोसिमा कार्की– २२५७
- रञ्जु दर्शना– २२४९
- मनिष झा– २२३७
- हरि ढकाल– २२१९
- कविन्द्र बुर्लाकोटी– २१८४
- विपिन आचार्य– २१२६
- रमेश प्रसाईं– २१२३
- बिराजभक्त श्रेष्ठ– २०९४
- निशा डाँगी– २०८९
- इन्दीरा रानामगर– २०४७
- गणेश पराजुली– २०४५
- जगदिश खरेल– (ललितपुर) २०४४
- पुकार बम– २०३०
- सुलभ खरेल २००८
- यज्ञमणी न्यौपाने– १९६९
- प्रमोद न्यौपाने– १८९२
- सस्मित पोखरेल– १८३३
- राजुनाथ पाण्डे– १८१२
- रिमा विश्वकर्मा– १८१०
- असीम साह– १७२८
- खगेन्द्र सुनार– १७०८
- राजीव खत्री– १७०१
- समिक्षा बास्कोटा– १६९९
- गणेश कार्की– १६९३
- प्रकृति ढकाल १५१८
- सुशान्त वैदिक १५१६
- जगदिश खरेल (दोलखा)– १५१३
- लिमा अधिकारी– १५०४
- टिका संग्रौला– १४९०
- शंकर श्रेष्ठ– १४८४
- क्रान्तिशीखा धिताल– १४७९
- आशिका तामाङ– १४३०
- सुदीप ढकाल– १४२९
- अनुष्का श्रेष्ठ– १३५३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण