पूर्वप्रधानमन्त्री भट्टराईका पिताको निधनप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पूर्वप्रधानमन्त्री तथा पार्टीका अभिभावक डा. बाबुराम भट्टराईका बुवा भोज प्रसाद भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किरातीद्वारा बिहीबार जारी शोक वक्तव्यमा ९७ वर्षको उमेरमा भएको उनको निधनले सिङ्गो पार्टी पंक्तिलाई मर्माहत बनाएको उल्लेख गरिएको छ।
किरातीले सन्तान र समाजको सफलतामा अभिभावकको मौन योगदान कति गहिरो हुन्छ भन्ने उदाहरण स्व. भट्टराईको जीवनले प्रस्तुत गरेको बताउँदै उनी भौतिक रूपमा नरहे पनि समाजका लागि प्रेरणाको स्रोत बनिरहने विचार व्यक्त गरेका छन्।
वक्तव्यमा डा. बाबुराम भट्टराई जस्तो दूरदर्शी र प्रभावशाली व्यक्तित्वलाई जन्म, संस्कार र मार्गदर्शन दिने पिताका रूपमा उनको योगदानको उच्च कदर गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति पार्टीले हार्दिक समवेदना समेत प्रकट गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण