प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
बैतडी । सचिन भट्टको उत्कृष्ट बलिङको मद्दतमा बैतडी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश छनोटमा लगातार विजयी भएको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा बैतडीले बझाङलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा बैतडीले दार्चुलालाई १२८ रनले हराएको थियो ।
बैतडीले आज पाएको ६१ रनको झिनो लक्ष्य ८ दशमलब ३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । बैतडीका लागि नरेन भट्टले अविजित ३१ र गजेन्द्र बोहराले अविजित १६ रन बनाए । बलिङतर्फ बझाङका सुशील रावलले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बझाङको पारी १२ दशमलब दुई ओभरमा ६० रनमा समेटियो । बझाङका लागि अभिनाश सिंहले १९ र निराजन रावलले १६ रन बनाए । बलिङतर्फ बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ७ रन मात्रै खर्चिए । सचिन प्लेयर अफ दी म्याच समेत घोषित भए । यस्तै लोकेन्द्र चन्दले ३ विकेट लिए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी छन् । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली चयन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण