अमेरिका र रुसबिच उच्चस्तरीय सैन्य तहको वार्ता पुनः सुरु गर्ने सहमति
वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्न सहमत भएको अमेरिकी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । उनीहरू बिचको यस पहिलेको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि नयाँ वार्ता सुरु गर्ने सहमति भएको हो ।
मस्को र वासिङ्टन दुवै प्रतिबन्धबाट सम्झौता बिहीबार समाप्त भएपछि औपचारिक रूपमा मुक्त भएका र उनीहरूले प्रयोग गर्न सक्ने आणविक हतियारको सङ्ख्यामा अब कुनै सीमा नभएको रूसले बताएको छ ।
अमेरिकी सेनाको युरोपियन कमान्डले एक विज्ञप्तिमा भनेको छ, “सेनाहरू बिच संवाद कायम राख्नु विश्वव्यापी स्थिरता र शान्तिको लागि एक महत्वपूर्ण कारक हो, जुन केवल शक्तिको माध्यमबाट प्राप्त गर्न सकिन्छ, र यसले थप पारदर्शिता र तनावलाई कम गर्ने माध्यम प्रदान गर्दछ।”
सन् २०२१ मा स्थगित गरिएको सैन्य वार्ता पुनः सुरु गर्ने सहमति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुश्नर उपस्थित अबु धाबीमा भएको युक्रेन शान्ति वार्तामा भएको ‘फलदायी र रचनात्मक प्रगति’ पछि आएको हो ।
आणविक हतियार सन्धिको अन्त्यले विश्वका शीर्ष आणविक शक्तिराष्ट्रहरूबीच हतियारको नयाँ होडबाजी सुरु हुने र चीनलाई आफ्नो शस्त्रागार विस्तार गर्न प्रोत्साहित गर्ने अभियानकर्ताहरूले चेतावनी दिएका छन्।
यसैबिच, फरक परिस्थितिमा विश्वका जिम्मेवार मुलुकहरूले ‘जिम्मेवारी र संयम’ अपनाउन नेटोले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण