शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

कस्तो रहला आज देशभरको मौसम ?

शुक्रबार, २३ माघ २०८२, ०६ : १४
शुक्रबार, २३ माघ २०८२

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
  • तराईका केही स्थानहरूमा हुस्सु र तुवाँलो लागेको छ भने पहाडी र हिमाली क्षेत्रमा मौसम सफा छ।
  • आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने र कोशी र गण्डकी प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ।

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भ(भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी  भूभागको मौसम मुख्यतया सफा रहने छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप