सर्वोच्चले संसद् पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि
काठमाडाैँ । राष्ट्रिय सभाका नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो टिप्पणी गरेका हुन् । सांसद ढुंगानाले सर्वोच्च अदालतका न्यायाधिशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको जिकिर समेत गरे।
उनले पञ्चायत कालमा पनि न्यायाधीशहरुले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त पेश गर्दै अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको बताए ।
सांसद ढुंगानाले भने,‘यो देशको राष्ट्रियता कमजोर भयो । संसद पुनःस्थापनाका लागि मुद्दा परेको छ । न्यायाधीशहरु यति निरीह भइरहनु भयो । नेपालको न्यायाधीश किन यति निरीह भए मलाई थाहा छैन । पञ्चायतका, राजाको कालमा पनि आफूमाथि राजकाजको मुद्दा पर्दा तत्काल फैसला हुन्थ्यो । तर आज त्यस्तो अवस्था छैन ।’
सांसद ढुंगानाले सरकारले राष्ट्रिय हितको पक्षमा आवश्यक ध्यान दिन नसकेको आरोप पनि लगाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण