मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजेश हमालले यसरी सम्झिए सुनिल थापालाई

शनिबार, २४ माघ २०८२, १४ : १०
शनिबार, २४ माघ २०८२

सारांश

  • वरिष्ठ नायक राजेश हमालले दिवङ्गत कलाकार सुनिल थापा नेपाली सिनेमाको महत्त्वपूर्ण मोड भएको बताए।
  • हमालले थापाप्रति आफ्नो सिनेमायात्रा समर्पित गरेको बताए, र उनको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गरे।
  • कलाकार सुनिल थापाको हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको थियो, उनी लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए।

काठमाडौँ । वरिष्ठ नायक राजेश हमालले दिवङ्गत कलाकार सुनिल थापा नेपाली सिनेमाको इतिहासमा एउटा महत्त्वपूर्ण मोड भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हमालले सो कुरा बताएका हुन् ।

उनले आफ्नो सिनेमायात्रा थापाप्रति समर्पित गरेको समेत बताएका छन् । उनले भनेका छन् : ‘नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्त्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमायात्रा म तपाईंप्रति समर्पित गर्दछु।’

उनले थापा एक अदभूत सहकर्मी भएको बताउँदै उनको निधनले कहिल्यै भरिन नसक्ने शून्यता छाडेको समेत बताएका छन् ।

थापाको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । 

नेपाली चलचित्रमा 'खलनायक' को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला' को नामले चर्चित थिए।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप