क्यान्सर रोगको उपचारमा सरकारले कुनै कमी हुन दिँदैन : मन्त्री गौतम
शनिबार, २४ माघ २०८२, १६ : ०४
सारांश
- स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै कमी हुन नदिने बताइन्।
- उनले सबै प्रदेशमा क्यान्सर उपचार सहज बनाइने र एचपीभी खोप सञ्चालन गरिने जानकारी दिइन्।
- मन्त्री गौतमले रोग लाग्न नदिन सचेतना बढाउनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै कमी हुन नदिने बताएकी छन् । क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार काठमाडौँमा आयोजना गरेको साइकल र्याली उद्घाटन गर्दै मन्त्री गौतमले सवै प्रदेशमा क्यान्सरको उपचारका लागि सरकारले सहज व्यवस्था गर्ने भन्दै उपचारमा कुनै कमी हुन नदिने बताएकी हुन् ।
उनले स्वास्थ्य क्षेत्रमा धेरै आवश्यकताहरु देखिए पनि त्यसलाई प्राथमिकीकरण गर्दै समस्या समाधान गरिने जानकारी दिइन् । मन्त्री गौतमले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप सञ्चालन गर्न लागिएको भन्दै यस्ता अवसरको लाभ उठाउन आग्रह गरिन् ।
उनले क्यान्सर रोगको रोकथामका साथै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन सचेतना अपनाउनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण