नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य, सन्दीप र नन्दनको २/२ विकेट
सारांश
- टी-२० विश्वकपमा नेपालले इंग्ल्यान्डलाई १८५ रनको लक्ष्य पाएको छ ।
- इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो ।
- खेल मुम्बईको वाङ्खेडे स्टेडियममा भएको थियो, जहाँ इंग्ल्यान्डले पहिले ब्याटिङ गर्यो।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ ।
वानखडे क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो । इङ्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतकीय पारी खेले ।
३५ बल खेलेका जेकबले ४ चौका र ४ छक्काको सहयोगमा ५५ रन बनाए । त्यस्तै ३२ बल खेलेका हेरीले ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।
इङ्ल्यान्डका लागि विल ज्याकले ३९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यता दुई पटकको विश्व विजेता ङ्ल्यान्ड पनि यो पटक जितबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण