टी–२० विश्वकप २०२६ः आयरल्यान्डलाई हराउँदै श्रीलंकाकाे विजयी सुरुवात
सारांश
- टी-२० विश्वकप २०२६ मा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गर्दै विजयी सुरुवात गर्यो।
- श्रीलंकाले पहिले ब्याटिङ गर्दै १६३ रन बनायो, जसमा कामिन्दु मेन्डिस र कुसल मेन्डिसको महत्त्वपूर्ण योगदान रह्यो।
- आयरल्यान्ड १४३ रनमा अलआउट भयो, जसमा हसरंगा र महिश थीक्षाणाले ३-३ विकेट लिए।
काठमाडौँ । टी–२० विश्वकप २०२६ मा श्रीलंकाले आयरल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । खेल धेरै सहज नभए पनि श्रीलंकाले २० रनको जित निकाल्न सफल भयो ।
पहिले ब्याटिङ गरेको श्रीलंका १६औँ ओभरसम्म संघर्षरत देखिएको थियो । तर कामिन्दु मेन्डिसले १९ बलमा ४४ रन र कुसल मेन्डिसले अविजित ५६ रन बनाएपछि टोलीले ६ विकेट गुमाएर १६३ रन बनायो ।
१६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले राम्रो सुरुवात गरेको थियो । हसरंगाले बलिङ गर्दा चोटको समस्या देखिएपछि आयरल्यान्ड बलियो अवस्थामा देखिएको थियो। तर चोटग्रस्त हुँदाहुँदै पनि हसरंगाले तीन महत्त्वपूर्ण विकेट लिए। महिश थीक्षाणाले पनि तीन विकेट लिँदै आयरल्यान्डको इनिङ्स धराशायी बनाए ।
आयरल्यान्ड १९.५ ओभरमा १४३ रनमा अलआउट भयो र जितको राम्रो अवसर गुमायो । श्रीलंकाले यो जितसँगै दुई महत्त्वपूर्ण अंक हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
-
विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै
-
आधुनिकताका बिच आफ्नै मौलिकता जोगाउँदै दरै समुदाय
-
२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी
-
पीडा भुलाएर सिकलसेल अभियन्ता बनेका लालबहादुर र अनुपा
-
कोहलपुरमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी : चार लोपोन्मुख संस्कृतिको संरक्षणमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण