राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, २६ माघ २०८२, ०९ : ४१
सारांश
- राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्नेछ।
- कानुन मन्त्रीले मौखिक प्रश्नहरूको जवाफ दिनेछन् र सामाजिक सञ्जाल विधेयक पेश हुनेछ।
- पर्यटन मन्त्रीले पर्यटन विधेयक प्रस्तुत गर्नेछन् र शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव गरिनेछ।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने छिन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पर्यटन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अध्यक्षले राष्ट्रिय सभाको पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण