सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

सोमबार, २६ माघ २०८२, १३ : ४३
सोमबार, २६ माघ २०८२

सारांश

  • बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
  • मृतक सिगास गाउँपालिकाका ३६ वर्षीय खडक विष्ट हुन्।
  • प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।

बैतडी । बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं १ दुदीलाखानका अन्दाजी ३६ वर्षका खडक विष्ट घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

आइतबार बिहान घरबाट हिँडेका विष्ट आज बिहान स्थानीयले घर नजिकै बाटोमा घोप्टो परेको अवस्थामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बाटोमुनि विष्ट मृत अवस्थामा भेटिएको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार शरीरमा निलडाम रहेको देखिएकाले यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने स्थानीयले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप