जग्गा सम्याउने बहानामा विद्यालयकाे माटो बिक्री : अध्यक्षसहित ठेकेदारविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
सारांश
- नवलपरासीको विद्यालयको जग्गाबाट अवैध माटो उत्खनन गरी बिक्री गरेको आरोपमा मुद्दा दर्ता भएको छ।
- अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ठेकेदारविरुद्ध १० लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- जग्गा सम्याउने बहानामा गाउँपालिकाको अनुमति बिना बढी माटो निकालेर बिक्री गरिएको थियो।
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिका ३ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट अवैध रूपमा माटो उत्खनन गरी बिक्री गरेकोको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र ठेकेदार दिनेश यादवविरुद्ध १० लाख ८ हजार ७०३ रुपैयाँ ७४ पैसा भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले दायर गरेको अभियोगपत्र अनुसार विद्यालयको नाममा रहेको कित्ता नं. २९५ र १४२ को करिब १ बिघा १० कठ्ठा १० धुर जग्गालाई खेतीयोग्य बनाउन सम्याउने भनी विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा २०८० फागुन १५ गते विव्यस अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका–४ बस्ने ठेकेदार दिनेश यादवबीच माटो उत्खननको सम्झौता भएको थियो ।
जग्गा सम्याउने बहानामा गाउँपालिकाको अनुमति र तोकिएको परिमाणभन्दा बाहिर गई ५ फिट गहिराइसम्म माटो निकाली बिक्री गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
स्थलगत नापजाँच र छानबिनका क्रममा अध्यक्ष चौधरी र ठेकेदार यादवले आपसी मिलेमतोमा विद्यालय र गाउँपालिकालाई हानि पुर्याउने बदनियतले बढी माटो निकालेको पुष्टि भएको अख्तियारको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण