सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ हुँदै
सारांश
- राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुने भएको छ।
- अख्तियारले हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदमा मिलेमतो गरी १५ करोड ८८ लाख रुपैयाँको हान पुर्याएको आरोप लगाएको छ।
- पौडेलसहित अन्य प्रतिवादीहरूले गुणस्तरहीन सामग्री आपूर्ति गरी भुक्तानी गरेको आरोप अख्तियारको छ।
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जनालाई केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानी पुर्याएको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
आयोगले पौडेलसहित तत्कालीन निर्देशक सफल श्रेष्ठ,सहायक निर्देशक रमेश पोख्रेल,कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । पौडेललगायतविरुद्ध आर्थिक वर्ष ०७६/७७ मा केन्द्रले प्रकाशन गरेको बोलपत्रमा स्पेसिफिकेशनमा उल्लेख गरिएको भन्दा कम क्षमताको प्रोसेसर जडान गरी भ्रष्टाचार गरेको आरोप छ ।
पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनका लागि गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप उनीहरू विरुद्ध छ । उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार गरी उनीहरूले २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरेका थिए ।
पौडेल र अन्य प्रतिवादीले आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा बदनियतपूर्वक निर्धारित सर्त र मापदण्डविपरीत गुणस्तरहीन सामग्री आपूर्ति गर्न दिएर झुट्टा कागजातका आधारमा भुक्तानी गरेको अख्तियारको आरोप छ । पौडेल सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले थप सजायको समेत मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण