शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ (तस्बिर)

मङ्गलबार, २७ माघ २०८२, १६ : ४५
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरियो, जसमा पूजा महतोले कप्तानी गर्नेछिन्।
  • इन्दु बर्मा चोटका कारण बाहिरिएपछि पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो, र टोलीमा नयाँ खेलाडीहरूले मौका पाएका छन्।
  • नेपाल समूह 'ए' मा भारत 'ए', पाकिस्तान 'ए' र यूएईसँग छ, र फेब्रुअरी १३ मा पाकिस्तान 'ए' सँग पहिलो खेल खेल्नेछ।

काठमाडौँ । यही साता थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । यस पटक टिमको कप्तानी पूजा महतोले गर्दै छिन् । उनीहरूलाई एक विशेष कार्यक्रमकाबिच बिदाइ गरिएको हो। 

nepali women team (2)

नियमित कप्तान इन्दु बर्मा चोटाका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो । प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ । 

nepali women team (5)

पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन् ।यसअघि पूजाले यू-१९ महिला टी-२० विश्वकपमा भने नेपाली यू-१९ टोलीको कप्तानी गरेकी छन् । 

nepali women team (7)

नेपालको टोलीमा अनु कडायत, सीमाना केसी र रुबी पोद्दारले मौका पाएका छन् ।  विश्वकप छनोटको टोलीबाट रचना चौधरी, राजमती ऐरी र इन्दु बर्मा बाहिरिएका छन् । राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । 

समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् । फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र युएईबिच पनि प्रतिस्पर्धा हुनेछ ।

nepali women team (3)nepali women team (4)nepali women team (6)nepali women team (8)nepali women team (9)nepali women team (10)nepali women team (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप