‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री
बुधबार, २८ माघ २०८२, ११ : ३९
काठमाडौँ । छायाङ्कनरत फिल्म ‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा भित्रिएकी छन् । निर्माण पक्षले फिल्ममा महत्त्वपूर्ण भूमिका रहने गरी थापालाई भित्र्याएको हो । नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको फिल्मका कार्यकारी निर्माता सौगात बस्नेतले जानकारी दिए ।
फिल्मको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्म अभिनेता अर्पण थापाले निर्देशन गर्दैछन् ।
अर्पण स्वयं र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिका रहने फिल्मको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल पनि रहेकी छिन् । सुदीप बरालको छायाङ्कन रहने फिल्ममा दीपक बज्राचार्यको सङ्गीत छ । फिल्म सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण