फिल्म ‘बिगुल’ को प्रिमियरमा मेयर चिरिबाबुदेखि मदनकृष्णसम्म, कसले के भने ?
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'बिगुल' को प्रिमियर ललितपुरमा सम्पन्न भयो, जसमा राजनीतिज्ञ, कलाकार र सञ्चारकर्मीको उपस्थिति थियो।
- फिल्मको कथावस्तु वर्तमान नेपाली राजनीति र 'जेनजी' आन्दोलनसँग मेल खाएको भन्दै अतिथिहरूले प्रशंसा गरे, र यसलाई समय सान्दर्भिक दस्तावेजको रूपमा चर्चा गरे।
- मेयर चिरिबाबु महर्जनले फिल्मले आफ्नो राजनीतिक जीवनको सम्झना गराएको बताए, भने निर्देशकले यसले राजनीतिक चेतना भर्ने धारणा राखे।
काठमाडौँ । आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बिगुल’ को मङ्गलवार ललितपुरको लबिम मलस्थित क्युएफएक्स हलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा उपस्थित राजनीतिज्ञ, कलाकार र सञ्चारकर्मीहरूले फिल्मको कथावस्तु र प्रस्तुतिको खुलेर प्रशंसा गरे ।
विशेष गरी फिल्मको विषयवस्तु वर्तमान नेपाली राजनीति र ‘जेनजी’ आन्दोलनसँग मेल खाएको भन्दै अतिथिहरूले समय सान्दर्भिक दस्ताबेजको रूपमा चर्चा गरे ।
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेरेपछि ‘बिगुल’ लाई जोसिलो र होसिलो फिल्मको संज्ञा दिए । ‘फिल्मले वर्तमान अवस्थाको सही चित्रण गरेको छ । अहिले जताततै चुनावी माहोल र राजनीतिक सरगर्मी छ’, उनले भने– ‘फिल्ममा पनि ठ्याक्कै त्यही गतिविधि देखाइएको छ ।’ यसले युवा पुस्ता (जेनजी) को आन्दोलनलाई ठुलो टेवा पुर्याउने श्रेष्ठको भनाइ थियो ।
_Iee9a7fc3N.jpg)
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले फिल्मको कथाले आफ्नै राजनीतिक जीवनको सम्झना गराएको भन्दै भावुक बने । ‘यो फिल्म एकदमै टची र मार्मिक छ । एउटा सच्चा नेताले आफ्नै पार्टीबाट पाउने धोका र कुठाराघातलाई फिल्ममा जीवन्त देखाइएको छ’ उनले भने– ‘मेरो पहिलो चुनावको बेला म पनि लगभग यस्तै अवस्थामा पुगेको थिएँ र अन्डरग्राउन्ड हुनुपरेको थियो ।’
फिल्मले जनताको वास्तविक प्रतिनिधित्व गरेको उनले बताए । निर्देशक सवीर श्रेष्ठले फिल्मले जनतामा राजनीतिक चेतना भर्ने र राजनीति गर्नेहरूलाई जिम्मेवार बनाउने बताए । उनले कलाकारहरू नरेन खड्का र बेनिशा हमालको अभिनयसँगै प्राविधिक पक्षको पनि तारिफ गरे ।
_uRbczmGrjb.jpg)
अभिनेता पुष्प खड्काले फिल्मले देशको वर्तमान परिस्थितिलाई पर्दामा उतारेको बताए । अभिनेत्री बेनिशा हमालले राजनीतिक विषयवस्तुमा आधारित फिल्ममा काम गर्नु आफ्नो लागि नयाँ र सुखद अनुभव रहेको बताइन् । उनले देशको समसामयिक राजनीतिक परिस्थितिसँग कथा मिल्दोजुल्दो भएकाले दर्शकले आफूलाई फिल्मसँग जोड्न सक्ने विश्वास व्यक्त गरिन् ।
रमेश कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा बेनिशा हमाल, नीर शाह, रमेश बुढाथोकी, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मिरा पण्डित लगायतका कलाकारहरूको मुख्य अभिनय छ ।
कांग्रेस नेता दिनेश कोइरालाले निर्माण गरेको यस फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायाङ्कन र तारा थापा (किम्भे) को सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण