क्रिप्टो कारोबार आरोपमा पक्राउ परेका मोहम्मद सेफ पुर्पक्षका लागि थुनामा
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिप्टो करेन्सीमा संलग्न रहेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोग लगाउँदै गैरकानुनी रूपमा १९ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको भन्दै सो बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न र कसुरको गम्भीरता हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय गर्न मागदाबी गरेको थियो। साथै बरामद भएका मोबाइल फोन र सिम कार्डहरू समेत जफत गर्न माग गरिएको छ।
प्रहरीले सेफलाई गत २०८२ मंसिर १० गते साँझ काठमाडौँको भद्रकालीबाट शंकास्पद अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले खानतलासी गर्दा दुई वटा मोबाइल फोन बरामद भएको थियो। मोबाइलको प्रारम्भिक जाँचका क्रममा उनको ‘बाइनन्स’ एकाउन्टमार्फत यूएसटीडी, बोओएनके र पीईपीईजस्ता क्रिप्टोकरेन्सीको ठुलो कारोबार भएको फेला परेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण