मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २३ जना प्यालेस्टिनी पक्राउ

बुधबार, २८ माघ २०८२, १७ : ०६
बुधबार, २८ माघ २०८२

 वेस्ट ब्याङ्क । इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट २३ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।

वफा समाचार एजेन्सीले स्थानीय सुरक्षा स्रोतहरूले अल–खलिलमा १० जना प्यालेस्टिनीहरूलाई पक्राउ गर्नुका साथै धेरै घरहरूमा छापा मारेको रिपोर्ट गरेको छ ।

आइओएफले बेथलेहेममा चार प्यालेस्टिनी, नब्लसको गवर्नरेटमा पाँच र उत्तरी रामल्लामा अन्य तीन जनालाई पक्राउ गरेको जनाएको छ । उत्तरपूर्वमा कब्जा गरिएको जेरुसेलमा आईओएफले एक जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको जनाइएको छ ।

वेस्ट ब्याङ्क र अल–कुद्सका सहरहरू, र शरणार्थी शिविरहरूमा आईओएफद्वारा दैनिक छापा र आक्रमणहरू भई रहेको जनाइएको छ भने प्रायः द्वन्द्व, गिरफ्तारी, र जीवित र रबरको गोलीको साथसाथै युवा प्यालेस्टिनीहरूमा अश्रु ग्याँस पनि प्रहार गरेको जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप