आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपाले यसरी मनायो पुष्पलाल स्मृति दिवस, २३ तस्बिरमा हेर्नुहोस्

सोमबार, ०७ साउन २०७५, १६ : ३२
सोमबार, ०७ साउन २०७५

काठमाडौं– आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस ।

यसै अवसरमा कम्युनिष्ट पार्टी र उनीहरुका भ्रातृ संगठनले सोमबार विभिन्न कार्यक्रम गरी देशैभर श्रेष्ठको स्मरण गरे । 

विगतमा मुलुकका ठुला कम्युनिष्ट पार्टीले छुटछुटटै कार्यक्रम गरी पुष्पलालको स्मरण गरेपनि गत जेठ ३ गते तत्कालीन दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि पहिलोपटक संस्थापक महासचिव श्रेष्ठको स्मृति दिवस एकैसाथ मनाइयो । 

दिवसकै अवसरमा आज दिउँसो राष्ट्रिय सभागृहमा पुष्पलाल स्मृतिसभाको आयोजना गरिएको छ । सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र  अध्यक्ष प्रचण्डले सम्बोधन गरे । 

विक्रम सम्बत १९८१ असार १५ गते बुबा भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा भएको थियो । 
सभागृहको कार्यक्रमका केहि तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप