जेनजी आन्दोलनको निष्पक्ष छानबिनमा दोषी देखिए एमाले कारबाही भोग्न तयार : राजन भट्टराई
सारांश
- एमाले सचिव राजन भट्टराईले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए।
- भट्टराईले युवा पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको माग गरे।
- उनले २३ गतेको घटना योजनाबद्ध र २४ गते विध्वंस मच्चाउने रणनीति भएको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् । नेता भट्टराईले दुवै दिनको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका हुन् ।
बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले जेनजी पुस्ताले उठाएका जायज मागको विपक्षमा नेकपा एमाले नभएको भन्दै दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।
‘भदौ २३ गते बिहान शान्तिपूर्ण भेला भएर दिउँसो मानिसहरू एभरेस्ट होटल पुग्दासम्म राखेका मागको हामीले स्यालुट गर्नुपर्छ । युवा पुस्ताले राखेका मागमा हाम्रो विमति थिएन’, भट्टराईले भने, ‘जब निषेधित क्षेत्र तोडेर सिधै संसद् भवनमाथि आक्रमण र आगजनी गरियो त्यहाँबाट छानबिन गरौँ ।’
नेता भट्टराईले त्यसरी गरिने छानबिनमा नेकपा एमालेको जुनसुकै तहको नेता दोषी भए पनि त्यो दोष भोग्न तयार रहेको बताए ।
‘त्यो छानबिनमा जो जो दोषी छन् । त्यसभित्र नेकपा एमालेको कुनै तहको कोही नेता पनि दोषी छ भने हामी त्यसको दोष भोग्न तयार छौ । तर छानबिन निष्पक्ष हुनुपर्छ’, भट्टराईले भने, ‘ती अवोध बालबालिका जसलाई शान्तिपूर्ण आन्दोलन हुन्छ भनेर त्यहाँ लगियो र पछि ढाल बनाएर प्रयोग गरियो ।’
उनले योजनाबद्ध र पूर्व तयारी गरेर २३ गतेको घटना गराएर २४ गते विध्वंस मच्चाउने रणनीति भएको दाबी गरे । उक्त घटना सुगौली सन्धिपछिको डरलाग्दो र नोक्सानीको घटना भएको समेत भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण