तीन खेलाडीको अर्धशतक, ओमानसामु विशाल लक्ष्य
क्यान्डी । टी–२० विश्वकप अन्तर्गत समूह बीको खेलमा आयोजक श्रीलंकाले ओमानसामु २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार पालेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २५ रन बनाएको हो ।
टोलीको सुरुवात भने राम्रो हुन सकेन । ओपनरद्वय पाथुम निशंका र कामिल मिसारा क्रमशः १३ र ८ रन बनाउँदै पभेलियन फर्किएका थिए ।
त्यसपछि कुशल मेन्डिस र पवन रथनायकेले ५२ बलमा ९४ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ्स उकासेका थिए । रथनायकेले तीव्र गतिमा रन बनाउँदै मात्र २८ बलमा ६० रन बनाए । उनले ८ चौका र १ छकका प्रहार गरे ।
मेन्डिसले ४५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका हिर्काए । त्यसैगरी, कप्तान दासुन शनाकाले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा अर्धशतक बनाएर आउट भए । उनले २ चौका र ५ छक्का हिर्काए ।
खेलको अन्त्यतिर कामिन्डु मेन्डिसले पनि मात्र ७ बलमा १९ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे ।
ओमानका लागि जितेन रामानदारनीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । त्यस्तै, जय ओडेड्रा र सुफयान महमुदले १–१ विकेट हात पारे ।
टी-२० अन्तर्राष्ट्रियमा श्रीलंका र ओमान पहिलो पटक आमने-सामने हुँदैछन्। सन् २०२३ को एकदिवसीय विश्वकप क्वालिफायरमा यी दुई टोली एकअर्काविरुद्ध खेलेका थिए। उक्त खेलमा श्रीलंकाले ओमानलाई ९८ रनमा अलआउट गरेर १० विकेटले जितेको थियो।
टी-२० विश्वकपको इतिहासमा दुवै टोलीको प्रदर्शन बिल्कुल विपरीत रहेको छ। श्रीलंकाले ५५ मध्ये ३४ खेल जितेको छ र सन् २०१४ मा भारतलाई फाइनलमा हराएर उपाधि पनि जितेको थियो। यता, ओमानले ११ मध्ये २ खेल मात्र जित्न सफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण