तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड
बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । बागलुङको बुर्तिबाङमा बिहीबार आयोजित जनसंवाद कार्यक्रममा उनले देशलाई निकास दिने विकल्प निर्वाचन भएको बताएका हुन् ।
कतिपय राजनीतिक दलहरूले निर्वाचनका विरुद्ध सर्वदलीय सरकार र संसद् पुनःस्थापनाका कुरा उठाए पनि नेकपाले निर्वाचन नै रोजेको संयोजक दाहालले उल्लेख गरे । गत भदौ २३ र २४ गतेको आन्दोलनलगत्तै आफूहरुले जनतामा जाने विकल्प रोजेको उनले बताए ।
आगामी निर्वाचनलाई राष्ट्रको रक्षा र स्वाधीनताका पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने संयोजक दाहालले बताए। राजनीतिक दल र जनताले २०८४ मा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन लागेको उनको भनाइ थियो।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण