मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

फ्रान्सका पूर्व गृहमन्त्री रिटेललेउले राष्ट्रपतिको उम्मेदवारी दिने

बिहीबार, २९ माघ २०८२, २२ : २९
बिहीबार, २९ माघ २०८२

सारांश

  • ब्रुनो रिटेललेउले सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरे।
  • उनले फ्रान्सेली जनतालाई नयाँ बाटो देखाउने कुरामा जोड दिए, जसमा सुव्यवस्था र समृद्धिको कुरा छ।
  • सर्वेक्षणले रिटेललेउलाई दक्षिणपन्थी उम्मेदवारहरूमाझ लोकप्रिय देखाएको छ।

काठमाडौँ । फ्रान्सको रिपब्लिकन पार्टीका प्रमुख रहेका फ्रान्सका पूर्व गृहमन्त्री ब्रुनो रिटेललेउले सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा भाग लिने घोषणा बिहीबार गरेका छन् ।

“यो निर्णय सावधानीपूर्वक सोचेर गरेको छु,” रिटेललेउले राष्ट्रपतिको उम्मेदवारी दिने निर्णय सार्वजनिक गर्दै भने ।

“मेरो राजनीतिक परिवारले फ्रान्सेलीहरूलाई नयाँ बाटो देखाउने समय आएको छ, जुन सुव्यवस्था, समृद्धि र फ्रान्सेली गौरवमा केन्द्रित छ।”

पूर्वमन्त्री तथा रिपब्लिकन पार्टीका नेता ६५ बर्षीय रिटेललेउ प्रतिस्पर्धामा सहभागी हुने नयाँ उम्मेदवारमध्ये पूर्व उच्च अधिकारी हुन्, जसमा वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोँ आफ्नो दुई कार्यकालको सीमा पार गरेका कारण प्रतिस्पर्धा गर्नुहुने छैन ।

“म नेतृत्वका लागि प्रतिस्पर्धा गर्न तयार छु, तर यो साहसिक कार्य केवल सामूहिक हुन सक्छ,” रिपब्लिकन नेता रिटेललेउले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उनले भने, “मलाई तपाईंको समर्थन चाहिन्छ । तपाईंको समर्थन र अभियानले हाम्रो राजनीतिक यात्रालाई सार्थक तुल्याउनेछ।”

अक्टोबरमा आन्तरिक मन्त्रीको रूपमा राजीनामा दिएका रिटेललेउले टेलिभिजन च्यानल टिएफ–१ मा अन्तवार्ता दिनुअघि बिहीबार नै सामाजिक सञ्जालमा एक वक्तव्य प्रकाशित गर्ने अपेक्षा गरिएको छ ।

गत महिना गरिएको एक सर्वेक्षणले रिटेललेउ आफ्नो शिविरका समर्थकहरूबिच सबैभन्दा लोकप्रिय सम्भावित दक्षिणपन्थी उम्मेदवार भएको बिहीबार जनाएको छ ।

प्रतिस्पर्धामा मध्यमार्गी पूर्व प्रधानमन्त्री ५५ वर्षीय एडुअर्ड फिलिपले पनि उम्मेदवारी दिने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप