अपराध नियन्त्रण गर्न सेना परिचालन गर्दै दक्षिण अफ्रिका
सारांश
- दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले देशमा बढ्दो अपराध नियन्त्रणका लागि सेना परिचालन गर्ने घोषणा गरे।
- उनले पश्चिमी केप र गौतेङ क्षेत्रमा सुरक्षा बल तैनाथ गर्न सेना र प्रहरीलाई निर्देशन दिएका छन्।
- सङ्गठित अपराध दक्षिण अफ्रिकाको लोकतन्त्र, समाज र आर्थिक विकासका लागि चुनौती बनेको छ।
केपटाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले देशमा बढ्दो गिरोह हिंसा र सङ्गठित अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने घोषणा गरेका छन् ।
वार्षिक ‘स्टेट अफ द नेसन’लाई सम्बोधनका क्रममा उनले आगामी केही दिनभित्र पश्चिमी केप र गौतेङ क्षेत्रमा प्रहरीसँग समन्वय गरी सुरक्षा बल तैनाथ गर्ने योजना तयार पार्न सेना र प्रहरी प्रमुखलाई निर्देशन दिएको बताएका हुन् ।
राष्ट्रपति रामाफोसाका अनुसार सङ्गठित अपराध अहिले दक्षिण अफ्रिकाको लोकतन्त्र, समाज र आर्थिक विकासका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ । पश्चिमी केपमा गिरोहबिचको हिंसात्मक द्वन्द्वका कारण बालबालिकासमेत गोलीबारीको बीचमा पर्ने अवस्था आएको उनले बताए ।
त्यस्तै गौतेङ क्षेत्रमा अवैध खानी गतिविधिका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुने अवस्था सिर्जना भएको उल्लेख गरे । दक्षिण अफ्रिका विश्वकै उच्च हत्या दर भएका मुलुकमध्ये एक मानिन्छ । यहाँ दैनिक करिब ६० जनाको हत्या हुने गरेको तथ्याङ्क छ ।
केपटाउनमा लागूऔषध गिरोहबिचको सङ्घर्ष र जोहान्सबर्ग आसपास अवैध खानीसँग सम्बन्धित सामूहिक गोली काण्ड मुख्य समस्या बनेका छन् । अपराध नियन्त्रणका लागि सरकारले ५ हजार ५०० नयाँ प्रहरी भर्ती गर्ने, गुप्तचर क्षमता बढाउने र प्राथमिकतामा रहेका आपराधिक सञ्जाल पहिचान गर्ने योजना पनि अघि सारेको छ ।
अपराधको असर जनजीवन, सुरक्षा भावना र लगानी वातावरणमा गम्भीर रूपमा परिरहेको बताउँदै कडा कदम आवश्यक भएकोमा राष्ट्रपति रामाफोसाले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण