सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ : गगन थापा

शुक्रबार, ०१ फागुन २०८२, २१ : ३९
शुक्रबार, ०१ फागुन २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले त्यसका लागि आफूहरूले ठोस तयारी गरिरहेको बताए । 

उनले भने,'घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था । यसको अर्थ हो हाम्रो हाम्रो सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।'

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप