बाल उपन्यास ‘साइबोर्ग’ सार्वजनिक
सारांश
- साहित्यकार जितेन्द्र रसिकको बाल उपन्यास 'साइबोर्ग' बजारमा आएको छ, जसमा विज्ञान र भविष्यको प्रभावबारे लेखिएको छ।
- उपन्यासले एआईको विकासले मानव समुदायमा पार्ने प्रभावबारे रोचक ढङ्गले प्रस्तुत गरेको छ।
- लेखक रसिकले यसअघि बाल साहित्यमा विभिन्न कृतिहरू प्रकाशित गरिसकेका छन्।
भक्तपुर । साहित्यकार जितेन्द्र रसिकको १८औँ कृतिका रूपमा बाल उपन्यास ‘साइबोर्ग’ शुक्रबारदेखि बजारमा आएको छ । विज्ञानको उन्नति र भविष्यमा विज्ञानको प्रभावबारे परिकल्पना गरी लेखिएको उपन्यासले बाल मनोविज्ञानलाई सकारात्मक प्रभाव पार्ने लेखक रसिकले बताए ।
प्रविधिको विकाससँगै आर्टिफिसिलय इन्टेलिजेन्स (एआई)को विकास हुँदै जाँदा भविष्यमा त्यसले मानव समुदायमाथि पार्ने प्रभाव र यसले पार्ने असरका बारेमा उपन्यासमा रोचक ढङ्गले प्रस्तुत गरिएको उनको भनाइ छ । ‘विज्ञानले मानिसलाई सधैँ बाँच्न सक्ने बनाउन सक्छ ?’ भन्ने तर्कलाई प्रस्तुत गरिएको उपन्यासमा बालबालिका र किशोर किशोरीमा कल्पना, जिज्ञासा बढाउन पुस्तक उपयुक्त हुने उपन्यासकार रसिकले बताए ।
लेखक रसिकका यसअघि बाल साहित्यमा एलियनको पृथ्वी भ्रमण (बाल कथा सङ्ग्रह), हावा फल्ने रूख (सचित्र बाल कथा), एङ्ग्री बर्ड (बालकथा सङ्ग्रह), बेलबहादुरसँग बिहे (सचित्र बालकथा तीन संस्करण), गुलेली (बाल कथा सङ्ग्रह), हनुमानको करामत (सचित्र बाल कथा), जाडुगर एआई (सचित्र बाल कथा) प्रकाशित भइसकेका छन् । रसिकको उपन्यास, गजल, संस्कृति, जीवनीलगायत विधामा ११ कृति प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण