मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ

शनिबार, ०२ फागुन २०८२, ११ : ०२
शनिबार, ०२ फागुन २०८२

सारांश

  • कैलाली प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा कञ्चनपुरका शम्भु भट्ट र बैतडीकी कविता भट्ट रहेका छन्।
  • उनीहरूबाट खैरो हिरोइन, एयर गन, मोबाइल र नगद बरामद गरिएको छ।

काठमाडौँ । कैलाली प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार अत्तरिया राजमार्गस्थित मोहनपुर चोक सडक खण्डबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ६ बस्ने २५ वर्षीय शम्भु भट्ट र बैतडीको सिंगास गाउँपालिका– १ बस्ने २३ वर्षीया कविता भट्ट रहेका छन् । उनीहरूबाट ३३ ग्राम ७०० मिलिग्राम खैरो हिरोइन, १ थान एयर गन, २ थान मोबाइल र ६५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप