मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

यस्ता छन् जसपा नेपालको घोषणापत्रमा समावेश १५ आश्वासन

शनिबार, ०२ फागुन २०८२, १५ : ४९
शनिबार, ०२ फागुन २०८२

सारांश

  • जसपा नेपालले प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्‍यो, जसमा पुराना मुद्दाहरू दोहोर्‍याइएका छन्।
  • घोषणापत्रमा संविधान संशोधन, रोजगारी सिर्जना, र निःशुल्क स्वास्थ्य र शिक्षाको आश्वासन दिइएको छ।
  • पार्टीले निःशुल्क स्वास्थ्य सेवा, रोजगारी, र विभिन्न विकास परियोजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा निर्वाचनका लागि हिजो शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रत्यक्षतर्फत निर्वाचन हुने प्रणालीमा देशभर ९४ जना उम्मेदवार उठाएको जसपा नेपालले यसअघि प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको थियो । हिजो भने घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा पार्टीको नयाँ कुरा उल्लेख छैन । पुरानै मुद्दा तथा प्रतिबद्धताहरू उसले दोहोर्‍याएको छ । 

संविधान संशोधनदेखि ५० लाखलाई रोजगारी सिर्जना गर्नेसम्मको आश्वासन जसपा नेपालले बाँडेको छ । सबै नागरिकलाई निःशुल्क स्वास्थ्य र शिक्षा दिने पार्टीले जनाएको छ । वैदेशिक रोजगारीमा जानेलाई फ्री टिकट, फ्री भिसाको आश्वासनसमेत उसले देखाएको छ । 

यस्ता छन् जसपा नेपालको घोषणापत्रमा उल्लेख १५ आश्वासन 

१. संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरवलोकन आयोग गठन गरिनेछ ।
२. सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
३. सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
४. प्रत्येक प्रदेशमा कृत्रिम बौद्धिकता (एआई) आधारित आधुनिक प्रविधियुक्त अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना गरिनेछ । 
५. सबै नागरिकका लागि निःशुल्क कानुनी सहायताको व्यवस्था प्रदान गरिनेछ ।
६. नेपाललाई नगदरहित कारोबार गर्ने देशको रूपमा रूपान्तरित गर्दै लगिनेछ ।
७. २०४७ सालदेखि हालसम्म भएका निर्वाचित जनप्रतिनिधिहरू, प्रधानमन्त्रीलगायत मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू, सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीहरू र संवैधानिक आयोगहरूमा भएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिनेछ । 
८. वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि निःशुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारी प्रदान गर्ने नीति लागू गरिनेछ । 
९. अव्यावहारिक भूमि विधेयक खारेज गरी नयाँ वैज्ञानिक भू–उपयोग कानुन तर्जुमा गरिनेछ ।
१०. वैज्ञानिक चक्लाबन्दी कार्यक्रम लागू गरिनेछ ।
११. भर्टिकल फार्मिङ प्रवर्द्धनमार्फत आगामी ५ वर्षभित्र ५० लाख रोजगारी सिर्जना गरिनेछ ।
१२. गरिबीको रेखामुनि रहेका जनसंख्यालाई आगामी ५ वर्षभित्र १० प्रतिशतमा ल्याइनेछ ।
१३. साक्षरता दरलाई आगामी ५ वर्षभित्र ९० प्रतिशत पुर्‍याइनेछ ।  
१४. हुलाकी राजमार्ग परियोजना आगामी ५ वर्षभित्र सम्पन्न गरिनेछ ।
१५. काठमाडौँ–निजगढ द्रुतमार्गलाई आगामी २ वर्षभित्र सञ्चालनमा ल्याइनेछ ।

यो पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप