अशाेक राई नेतृत्वकाे जसपाका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै कांग्रेसमा प्रवेश
सारांश
- जसपाका केन्द्रीय सदस्य र समानुपातिक उम्मेदवारसहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरे।
- कांग्रेस पार्टी कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई स्वागत गरे।
- पछिल्लो समयमा कांग्रेसमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता प्रवेश गर्ने क्रम बढेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहित नेताहरू आइतबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई स्वागत गरे ।
थामी र थापा मगरसहित कांग्रेसमा प्रवेश गर्नेहरूमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला स्तरीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका नवप्रवेशी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरले बताइन्।
दोलखा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी, सङ्घीय समाजवादी महिला महासङ्घकी सुशीला थामीसहित दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
बदलिएको कांग्रेसबाट मात्रै मुलुकको समस्या समाधान हुने विश्वासका साथ नेताहरू कांग्रेसमा समाहित भएको नवप्रवेशी नानु थामीले बताइन् ।
जनताको मागअनुसार देशको अवस्था बदल्ने अभियानमा सँगसँगै हिँड्नका लागि कांग्रेस पार्टी नै सबैभन्दा बलियो र विश्वासिलो भएकाले कांग्रेस रोजेको उनको भनाइ छ ।
नवप्रवेशी नेताहरूलाई कांग्रेसले उचित जिम्मेवारीसहित स्वागत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। शनिबार मात्रै सर्लाहीमा जसपाका महासचिव र लोसपाका उपाध्यक्षसहित ठुलो टोली कांग्रेसमा प्रवेश गरेका थिए । पछिल्लो पटक कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण