विश्वकपमा अफगानिस्तानको पहिलो जित
नयाँ दिल्ली । टी–२० विश्वकपअन्तर्गत समूह 'डी'को खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको छ । नयाँ दिल्लीमा सोमबार भएको खेलमा यूएईले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य टोलीले ४ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो ।
जारी प्रतियोगितामा टोलीको यो पहिलो जित पनि हो । टी–२० विश्वकपको पहिलो खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा टोली दक्षिण अफ्रिकासँग सुपर ओभरमा स्तब्ध हुन पुगेको थियो ।
उता, यूएई पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो । टोलीले दोस्रो खेलमा पुनरागमन गर्दै क्यानडालाई ५ विकेटले पराजित गरेको थियो । अफगानिस्तानका लागि इब्राहिम जादरानले अर्धशतक बनाए । उनले ४१ बलमा ५३ रन जोड्ने क्रममा ६ चौका र १ छक्का हिर्काए ।
दार्विस रसुलीले २३ बलमा ३३ रनको योगदान दिए । उनले ३ छक्का र १ छक्का प्रहार गरे । खेलको अन्त्यतिर २१ बलमा ४० रन जोड्दै अजमतुल्लाह ओमरजाईले टोलीलाई जित दिलाए । उनले २ चौका र ३ छक्का हिर्काए ।
सदिकुल्लाह अटलले १६ रन तथा गुलबदिन नाइबले १३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६० रन बनाएको थियो । टोलीका लागि सोहेब खानले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ६८ रन जोड्ने क्रममा ६ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, आलिसान सराफुले ३१ बलमा ४० रनको योगदान दिए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।
सयेद हैदर र हैदर अलिले १३–१३ रनको योगदान दिए । कप्तान मुहम्मद वसिमले १० रन जोडे । अन्तय ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए । मुजिब उर रहमानले २ विकेट हात पारे । कप्तान रासिद खानले १ विकेट लिए । योसँग खान टी–२० मा ७०० विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण