ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै काठमाडौं रातोपुलस्थित रोयल क्लिनिङ सर्भिस एन्ड सप्लायर्ससँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट प्रदान गरिने विभिन्न सफाइ सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।
कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी र पानी ट्यांकी सफाइ, किरा नियन्त्रण तथा एसी सर्भिसिङ लगायत सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको जनाएको छ ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले आफ्ना खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गर्दै आएको दाबी गरेको छ ।
नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणका लागि सञ्चालन गरिएको ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी शिशुको जीवन रक्षा गरिएको जनाएको छ ।
हाल बैंकले देशभर ११८ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण