माघ महिनामा काठमाडौंबाट १ हजार भन्दा बढी प्रतिवादी पक्राउ
सोमबार, ०४ फागुन २०८२, २१ : २२
काठमाडौं । काठमाडौं जिल्लाबाट प्रहरीले पछिल्लो १ महिनामा एक हजार भन्दा धेरै प्रतिवादीलाई पक्राउ गरेको छ ।
माघ महिनामा फैसला कार्यान्वयन र चालु मुद्दाका १ हजार ६९ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
अदालतबाट मुद्दा फैसला भएर फरार रहेका ३६० जना पक्राउ परेका छन् । काठमाडौं प्रहरीले चालु मुद्दाका ७ सय ९ जना आरोपीहरुलाई पक्राउ गरेको छ । चालु मुद्दाका महिला आरोपी ७२ जना र पुरुष आरोपी ६३७ जना पक्राउ परेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण