टी–२० विश्वकप
जारी टी–२० विश्वकपमा निसङ्काको पहिलो शतक
सोमबार, ०४ फागुन २०८२, २२ : ५८
सारांश
- पाथुम निसङ्काले टी-२० विश्वकपमा शतक प्रहार गरे।
- श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले हरायो, र अपराजित रह्यो।
- जितसँगै श्रीलंका अंक तालिकाको शीर्ष स्थानमा बलियो बन्यो।
काठमाडौँ । जारी टी–२० विश्वकप २०२६ मा श्रीलंकाका ओपनर पाथुम निसङ्काले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिलो विश्वकप शतक प्रहार गरेका छन् । उनले सोमबार अस्ट्रेलियाविरुद्ध ५२ बलमा अविजित १०० रन बनाए ।
निसङ्काले योसँगै टी–२० अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक पनि पूरा गरेका छन् ।
समूह ‘बी’ अन्तर्गतको ३०औँ खेलमा श्रीलंकाले अस्ट्रेलियामाथि ८ विकेटको जित निकाल्दै प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ । पल्लेकेलेमा सम्पन्न खेलमा श्रीलंकाले १८२ रनको लक्ष्य १२ बल बाँकी रहँदै पूरा गरेको हो ।
यस जितसँगै श्रीलंका अंक तालिकाको शीर्ष स्थानमा थप मजबुत बनेको छ । तीन खेलमा तीनै जित निकाल्दै उसले ६ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण