निसङ्काको शतकमा श्रीलंकाको जित, अस्ट्रेलिया ८ विकेटले पराजित
सारांश
- टी-२० विश्वकप २०२६ मा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्यो, अपराजित यात्रा कायम राख्यो।
- अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै १८१ रन बनायो, जसमा ट्राभिस हेड र मिचेल मार्शले अर्धशतक बनाए।
- पाथुम निसङ्काको अविजित १०० रन र कुशल मेन्डिसको ५१ रनको मद्दतले श्रीलंकाले १८ ओभरमा लक्ष्य पूरा गर्यो।
काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’को ३०औँ खेलमा श्रीलंकाले अस्ट्रेलियामाथि ८ विकेटको जित निकाल्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ । पल्लेकेलेमा सम्पन्न खेलमा श्रीलंकाले १२ बल बाँकी रहँदै १८२ रनको लक्ष्य सहजै पूरा गर्यो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा १८१ रन बनाउँदै सबै विकेट गुमायो । टोलीका ओपनर ट्राभिस हेड ५६ रन र मिचेल मार्श ५४ रनको योगदान गर्दै उत्कृष्ट सुरुवात गर्दै शतकीय साझेदारी गरेका थिए ।
त्यसपछि जोश इंग्लिस २७ र ग्लेन म्याक्सवेल २२ रनको मध्यम योगदान दिए पनि अन्य ब्याटरले ठुलो स्कोर बनाउन नसक्दा टोली २०० नजिक पुग्न सकेन । श्रीलंकाका दुशन हेमन्थाले ३ विकेट लिँदा दुष्मन्था चमीराले २ विकेट लिए ।
१८२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले सुरुदेखि नै आक्रामक र नियन्त्रणयुक्त ब्याटिङ प्रदर्शन गर्यो ।
ओपनर पाथुम निसङ्का शानदार लयमा देखिँदै ५२ बलमा अविजित १०० रन बनाउँदै विश्वकपमा आफ्नो पहिलो शतक पूरा गरे । उनले इनिङभर अस्ट्रेलियन बलरहरूलाई दबाबमा राखे ।
उनलाई उत्कृष्ट साथ दिएका कुशल मेन्डिसले ३८ बलमा ५१ रन बनाए भने पवन रत्नायकेले १५ बलमा २८ रनको योगदान दिए । श्रीलंकाले केवल १८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण