‘द गडफादर’ फेम हलिउड अभिनेता रोबर्ट डुभलको निधन
सारांश
- प्रसिद्ध अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा निधन भयो।
- उनले 'द गडफादर' र 'अपोक्यालिप्स नाउ' जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेका थिए।
- उनको निधनप्रति हलिउडका कलाकार र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।
भर्जिनिया । विश्व प्रसिद्ध चलचित्र ‘द गडफादर’ र ‘अपोक्यालिप्स नाउ’ का दिग्गज अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा निधन भएको छ। ओस्कार विजेता अभिनेता डुभलको आइतबार भर्जिनियास्थित मिडलबर्गमा रहेको आफ्नै घरमा निधन भएको उनकी पत्नी लुसियानाको तर्फबाट पीआर एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
लुसियानाले उनलाई एक महान् अभिनेता, निर्देशक र कथावाचकका साथै आफ्नो लागि सर्वस्व भएको भन्दै स्मरण गरेकी छिन्। डुभलको अभिनयप्रतिको लगाव र पात्रप्रतिको गहिरो प्रेमलाई सधैँ सम्झिइने उनले बताएकी छिन्।
छ दशक लामो प्रभावशाली अभिनय यात्रा तय गरेका डुभलले फ्रान्सिस फोर्ड कोपोलाको द गडफादर र द गडफादर भाग २ मा माफिया कन्सिलियरीको भूमिका निभाएर विश्वभर पहिचान बनाएका थिए। उनले ‘टेन्डर मर्सीज’ चलचित्रका लागि एकेडेमी अवार्ड (ओस्कार) समेत जितेका थिए।
द गडफादरमा उनीसँगै काम गरेका स्टार अभिनेता अल पाचिनोले डुभलको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीसँग काम गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका छन्। पाचिनोले उनलाई एक ‘जन्मजात अभिनेता’ को संज्ञा दिँदै उनको बुझाइ र अद्भुत क्षमता सधैँ स्मरणीय रहने उल्लेख गरेका छन्।
त्यस्तै, निर्देशक कोपोलाले डुभलको निधनलाई ठुलो क्षतिको रूपमा लिएका छन्। सन् १९७९ को चर्चित चलचित्र ‘अपोक्यालिप्स नाउ’ मा उनले बोलेको संवाद ‘मलाई बिहानको समयमा नापामको गन्ध मनपर्छ’ आज पनि सिनेमा जगतमा निकै प्रसिद्ध छ।
उक्त चलचित्रमा उनले लेफ्टिनेन्ट कर्नल विलियम किलकोरको भूमिका निभाएका थिए, जसका लागि उनले निकै मेहनत र अनुसन्धान गरेको बताउने गर्थे।
उनको निधनको खबर सार्वजनिक भएपछि हलिउडका थुप्रै कलाकार र फ्यानहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण