इरानसँगको परमाणु वार्तामा आफू अप्रत्यक्ष संलग्न हुने ट्रम्पको भनाइ
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीच जेनेभामा हुने परमाणु वार्तामा अप्रत्यक्ष रूपमा सहभागी हुने बताए।
- इरानले सम्झौता नगर्दाको परिणाम भोग्न नचाहेको ट्रम्पको भनाइ छ, तर वार्तामा अवरोधहरू अझै बाँकी छन्।
- अमेरिकाले इरानसँग युरेनियम संवर्धन त्याग्न र मिसाइल कार्यक्रमबारे वार्ता गर्न माग गरेको छ।
वासिङ्टन डीसी । इरान र अमेरिकाबिच जेनेभामा हुने दोस्रो चरणको परमाणु वार्तामा आफू अप्रत्यक्ष रूपमा सहभागी हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । सोमबार एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै उनले मङ्गलवार हुने छलफल अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।
‘म ती वार्ताहरूमा अप्रत्यक्ष रूपमा संलग्न हुनेछु । र तिनीहरू धेरै महत्त्वपूर्ण हुनेछन्,’ उनले भने । ‘इरान निकै कठोर वार्ताकार हो ।’ सम्झौताको सम्भावनाको बारेमा सोध्दा, ट्रम्पले इरानले गत जुनमा आफ्नो कडा दृष्टिकोणको परिणाम थाहा पाइसकेको अनि इजरायलको इरान विरुद्धको १२ दिने युद्धमा अमेरिका सामेल भएको र तीन इरानी आणविक स्थलहरूमा बम विस्फोट गराएको स्मरण गराए । यो आक्रमणपछि अमेरिकाको इरानसँगको परमाणु वार्ता अवरुद्ध भएको थियो ।
यसैबिच इरानी विदेशमन्त्री अब्बास अराघची वार्ताको तयारीका लागि स्विट्जरल्यान्ड पुगेका छन् । वार्ताअघि खाडी क्षेत्रमा तनाव उच्च छ । अमेरिकाले क्षेत्रीय रूपमा दोस्रो विमानवाहक युद्धपोत तैनाथ गरेको छ भने इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले इरानमाथि आक्रमण भए क्षेत्रीय युद्ध हुन सक्ने चेतावनी दिएका छन् ।
यद्यपि, यसपटक इरान सम्झौताका लागि इच्छुक देखिएको ट्रम्प बताउँछन् । ‘मलाई लाग्दैन कि उनीहरूले सम्झौता नगर्दाको परिणामहरू भोग्न चाहन्छन्,’ ट्रम्पले भनेका छन् । ट्रम्पले इरानले सम्झौता चाहेको बताए पनि वार्तामा प्रमुख अवरोधहरू अझ बाँकी छन् । इरानले आफ्नै भूमिमा युरेनियम समृद्धीकरण त्याग्नुपर्ने अमेरिकाको माग छ ।
उसले मिसाइल कार्यक्रमजस्ता गैर–परमाणु विषय पनि वार्तामा समेट्न चाहेको छ । तर तेहरानले प्रतिबन्ध राहतको बदलामा आफ्नो कार्यक्रममा प्रतिबन्ध लगाउने बारेमा मात्र छलफल गर्न इच्छुक रहेको बताएको छ । शून्य युरेनियम संवर्धन स्वीकार नगर्ने र यसको क्षेप्यास्त्र क्षमताहरू टेबल बाहिर रहेको इरानी भनाइ रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण